काठमाडौँ उपत्यकामा थपियो १६ गतेसम्म निषेधाज्ञा
फाइल तस्बिर
काठमाडौँ- काठमाडौँ जिल्ला प्रशासन कार्यालयले भदौ १६ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पुनः निषेधाज्ञा निर्णय गरेको हो । यस अघि प्रशासनले आज सम्म ( ८ गते) निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।
पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनले सबै नागरिकले कोभिड नियन्त्रण गर्न सामाजिक दूरी पालना गर्नुपर्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया