समाज

राप्ती प्रादेशिक अस्पतालका मेसुमाथि कालोमोसो

इकागज |
भदौ ११, २०७८ शुक्रबार १८:३१ बजे

बुटवल : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. विनोद सिंहलाई युवाहरुले कालोमोसो दलेका छन् । स्थानिय सर्जन परियारको नेतृत्वमा गएको चार जनाको समूहले दिउँसो मेसुको कार्यकक्षमै पुगेर कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

घटनामा संलग्न उनीहरुको खोजी भइरहेको एसपी काफ्लेले बताए । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सर्जन परियार, दिवस क्षेत्री र गणेस खड्काका विरुद्धमा उजुरी परेको प्रहरीले बताएको छ ।


टाइडफाईड भएको बिरामीको जाँच र उपचारमा लापरवाही गरेपछि डा. विनोद सिंहलाई कार्यकक्षमै पुगेर मोसो दलेको एसपी काफ्लेले बताए । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्टमाथि भएको दुर्व्यवहारविरुद्ध चिकित्सकहरु आन्दोलित भएका छन् । आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । 
 


Author

थप समाचार
x