Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

समाज

गण्डक नहरमा डुबेका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

इकागज |
भदौ ११, २०७८ शुक्रबार २०:४४ बजे

नवलपरासी - गण्डक नहरमा परेर बग्दै गरेको अवस्थामा तीन जनालाई सशस्त्र प्रहरी टोलीले उद्धार गरेको छ । शुक्रबार गण्डक नहरले बगाउँदै गरेका तीन जनालाई सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले सकुशल उद्धार गरेको हो । पश्चिम नवलपरासीस्थित पालिनन्दन गाउँपालिका– ३ मा रहेको झरही खोलामा आएको बाढी नहरमा मिसिएपछि त्यहाँ पानीको सतह बढ्दा उनीहहरू नहरमा डुबेका थिए ।

सशस्त्रद्वारा उद्धार गरिएकाहरूमा ४८ वर्षीय अजित अन्सारी, २५ वर्षीय शैलेश गुप्ता र २३ वर्षीय थेरज देवान रहेको सशस्त्र  प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट नायव उपरीक्षक माधव रेग्मीको कमाण्माडमा खटेको सो टोलीले बोटको प्रयोग गरी उनीहरूलाई उद्धार गरिएको शर्माले जानकारी दिए । ‘बगाएको स्थानदेखि करिब ५ सय मिटर तलबाट सकुशल उद्धार गरिएको हो,’ उनले भने ।



Author

थप समाचार
x