समाज

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इकागज |
भदौ ११, २०७८ शुक्रबार २२:१५ बजे

झापा - झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। मोरङको उर्लाबारी नगरपालिका-६ निवासी ५० वर्षीय हेमसागर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पूर्वपश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका-४ स्थित चुलाचुली चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे. १ ख ६७६२ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे. ३ प ९४४९ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो साढे १ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।


बस र चालक मोरङ उर्लाबारी नगरपालिका–७ निवासी ४२ वर्षीय सम्पतलाल धिमाललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।


Author

थप समाचार
x