एम्बुलेन्स खरिद गर्न १४ लाख सहयोग
फाइल फोटो
पाल्पा - अन्तराष्ट्रिय सहयोगी संस्था रोटरी क्लब अफ पाल्पाले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ । नेपाल परिवार नियोजन सङ्घलाई एम्बुलेन्स खरिदका निम्ति रु १४ लाख ८९ हजार ९२० को चेक हस्तान्तरण गरिएको छ ।
एम्बुलेन्स खरिदका निम्ति चेक प्राप्ति भएपछि नेपाल परिवार नियोजन सङ्घ जिल्ला शाखाका उपाध्यक्ष ज्योति भण्डारीले एम्बुलेन्सकै अभावमा कोही पनि नागरिकले अकालमा ज्यान गुमाउन नपर्ने बताए । जिल्लामा एम्बुलेन्सको सङ्ख्या धेरै भएपछि चाहिएका बेला नपाइने समस्याले नागरिकले सास्ती खेपेको उनले जनाए ।
सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले मानव हितका निम्ति सरकारले गर्ने कार्य क्लबले गरेकामा यस कार्यबाट केही पाठ सिक्न आवश्यक रहेको बताए । रो इन्टरनेशल डिस्टिक ३२९२ डिजिएन रोट्यट राजेन्द्रप्रसाद ध्वजुले आफूहरु समाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित भएको बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया