जानकी गाउँपालिकाका अध्यक्ष यादवको मृत्यु
फाइल फोटो
बुटवल - बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ । गएराती एक्कासी बिरामी भएका अध्यक्ष यादवको राती नै नेपालगन्ज नर्सिङ होममा मृत्यु भएको हो ।
बलड प्रेसर घटेपछि शुक्रबार साँझ अस्पताल लगिएको यादवको राती एक बजे मृत्यु भएको बाँके प्रहरीले बताएको छ । अध्यक्ष यादवको शवलाई अहिले विहान घर लगिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादव एमालेबाट जानकी गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया