मोहना नदीमा डुबेका युवाको अवस्था अझै अज्ञात
धनगढी : कैलाली र कञ्चपुरको सीमा भएर बग्ने मोहना नदी तर्ने क्रममा बेपत्ता भएका एक युवक अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुरबाट काम गरी घरतर्फ आउँदै गरेका धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय पुरन राना नदी तर्ने क्रममा शुक्रबार साँझ ६ बजे बगेर बेपत्ता भएका थिए ।
उनीसँगै आएका लक्षमण राना, सुशील राना भने नदी तर्न सफल भएको प्रहरीले जनाएको छ । बेपत्ता रानाको खोजीकार्य जारी रहेको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए । कैलालीको धनगढी उपमहानगर–३ र कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमा बाढीले क्षति पुगाएपछि आवागमन बन्द छ । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया