लागूऔषधसहित दुई भारतीय पक्राउ
सर्लाही - सर्लाही मलंगवास्थित नेपाल–भारत सीमानाकाबाट अवैध लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रबार दिउँसो सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले अवैध लागूऔषध वीनरिक्ससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको सीतामणी जिल्ला थानारुनी सहिदपुर ग्रामचौक–२, बस्ने ३२ वर्षीय नेता शर्मा र सोही स्थानका ६३ वर्षीय सुरेन्द्र शर्मा रहेका छन् । प्रहरीले उनीहरूको साथबाट १०० एमएलको ९४ बोटल लागूऔषध वीनरिक्स बरामद् गरेको हो ।
सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका प्रमुख एसपी गंगाराम श्रेष्ठका अनुसार ग्यास सिलिन्डरमा प्वाल पारेर त्यसभित्र लुकाइछिपाई लागूऔषध बोकेर नेपाल आउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् ।
शंका लागेर उनीहरूले टाउँकोमा बोकेको ५/५ लिटर क्षेमताको ग्यास सिलिण्डर चेक जाँच गर्ने क्रममा सिलिण्डरबाट उक्त परिणाममा लागूऔषध बरामद भएको प्रहरीको भनाई छ । उनीहरूले ग्यास सिलिन्डरको पिधमा प्वाल पारेर सिलिण्डर भित्र राखेर लागूऔषध ओसार पसार गर्ने गरेको प्रहरीको आशंका छ । उनीहरूमाथी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलयमा बुझाइएको एसपी श्रेष्ठले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया