नेपाल प्रहरीका एआइजीको सरुवा, कसको जिम्मेवारी कहाँ ?
काठमाडौँ - नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजीपी) हरुको सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खाणले एआइजीपीहरूको सरुवा गरेका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयलाई रोकेर गृहमन्त्री खाणले सरुवा गरेका हुन् ।
एक महिनादेखि जिम्मेवारीविहीन एआइजीपी सहकुलबहादुर थापालाई कार्य विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । अपराध अनुसन्धान विभागका विश्वराज पोखरेललाई मानव स्रोत तथा प्रशासन विभागमा सरुवा गरिएको छ ।
पोखरेलले नेतृत्व गरेको अपराध अनुसन्धान विभागको जिम्मेवारी एआइजीपी प्रद्युम्न कार्कीले पाएका छन् । कार्की रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मानव स्रोतका एआइजीपी निरजबहादुर शाहीलाई पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।
हालका महानिरीक्षक शैलेश थापापछि आइजीपी हुने प्रतिष्पर्धामा विश्वराज पोखरेल र सहकुलबहादुर थापा छन् । खाण नेतृत्वको गृह मन्त्रलायले एआइजीपीको दरबन्दी थप गरेर उनीहरूको ब्याचको अन्य डीआइजीपीलाई पनि आइजीपीको प्रतिष्पर्धामा ल्याउने तयारी गरेको छ । उपत्यका प्रहरी कार्यालयका हरिबहादुर पाल भने सोही जिम्मेवारीमा यथावत छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया