विपन्न बालबालिकालाई खाद्यान्न
फाइल फोटो
डोटी - चार स्थानीय तहका विभिन्न क्षेत्रमा रहेका २२३ विपन्न बालबालिकालाई सात लाख २० हजार २२८ को खाद्यान्न सहयोग गरिएको छ । समान पहुँच विकास केन्द्र सिड नेपाल र वल्र्डभिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनाअन्तर्गत जोखिममा रहेका विपन्न परिवारमा दर्ता भएका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।
अतिजोखिम, विपन्न परिवार र समस्यामा परेका बालबालिकाको जीवनस्तर, खाद्यान्नमा राहत तथा सहयोग पुग्ने उद्देश्यले सो सामाग्री वितरण गरिएको समान पहुँच विकास केन्द्र सिड नेपालले जनाएको छ । दिपायल सिलगढी नगरपालिका–२ मा २०, सायल गाउँपालिका–६ मेल्लेकमा २०, पूर्वीचौकी गाउँपालिकाका–१ खिरसैनमा २०, वडा नं २ बगलेकमा २० र वडा नं ३ साजघाटमा १८ जनालाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।
यस्तै आदर्श गाउँपालिका–१ मा ३५, वडा नं २ मा ३०, वडा नं ५ मा ३० र वडा नं ७ मा ३० जनालाई गरी जम्मा २२३ लाई खाद्यान्नसहित राहत सामग्री वितरण गरिएको सिड नेपालका वित्त तथा प्रशासन अधिकृत डम्मरसिंह कुडमालले जानकारी दिए । उनका अनुसार विपन्न बालबालिकालाई प्रतिव्यक्ति ३० किलो चामल, तीन किलो दाल, चार प्याकेट नुन, दुई किलो चिनी, दुई लिटर तेल र चार नुहाउने साबुन प्रदान गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया