कुवेत पुगेका झापाका दुई कामदारको मृत्यु
फाइल तस्बिर
काठमाडौँ- कुवेतमा झापाका दुई कामदारको मृत्यु भएको छ । हल्दबीबारी-१ गोलधापका यमबहादुर कटुवाल र चकचकी गाउँपालिकाका-६ का सुकलाल राजवंशीको मृत्यु भएको हो ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार बुधबार अन्तरर्राष्ट्रिय विमानस्थलको टर्मिनल-२ को पायपलायन निर्माण गर्ने क्रममा बालुवा ढिस्को खसी मृत्यु भएको हो । रोल्पाका सर्वजीत महरा घाइते भएका छन् ।
वैदेशिक रोजगारमा वर्षेनी एक हजार नेपालीले ज्यान गुमाउने गरेका छन् । कामदारहरू सडक दूर्घटनामा, सुतेको ठाउँमा र कार्यस्थलमा नै कामदारको मृत्यु हुने गरेको छ ।
मलेसियालगायत खाडी मुलुकमा वैदेशिक रोजागरका लागि नेपाली कामदार जाने गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया