समाज

१९ लाखको अवैध औषधी बरामद

इकागज |
भदौ २७, २०७८ आइतबार १७:३ बजे

विराटनगर - भन्सार छलेर नेपाल भित्र्याइएको करिब १९ लाख मुल्य बराबरको औषधी सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट रानीले बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका ११ प्रकारका औषधी विराटनगर महानगरपालिलका–१६ रानीस्थित दक्षिण गेट नजिक केराको झ्याङभित्रबाट बरामद गरेको सशस्त्र प्रहरी बल ३ नम्बर गण टंकीसिनवारीका प्रमुख प्रहरी उपरीक्षक तिर्थ पौडेलले बताए ।

विओपी रानीका प्रहरी निरीक्षक मौसम पोखरेलको नेतृत्वमा बरामद गरेको औषधीलाई अनुसन्धान र कानुनी कारवाहीका लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाएको उनले जानकारी दिए । बरामद औषधीको नेपाल बजार मुल्य १८ लाख ९९ हजार ५२ रुपैयाँ रहेको जनाइएको छ । डेक्समेडिन, टाजेवेस्ट, टिकोब्याक्ट, अक्ट्राइड, क्युटिनोक्स, सिप्नीया, भिप्रेस, नेटिकोल लगायतका औषधी बरामद भएका हुन् । 


दुई वटा कार्टुनभित्र राखेर ल्याइएका ती औषधी नेपालमा प्रतिबन्धित रहेको जनाइएको छ । औषधी कुन व्यवसायीले ल्याएको हो भन्ने पनि खुलेको छैन । प्रहरीले औषधी ल्याउने व्यक्ति फरार भएको अनुमान गरेको छ ।
 


Author

थप समाचार
x