समाज

चीनको सिगात्से सिटीले भरतपुर महानगरलाई करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग

इकागज |
भदौ २७, २०७८ आइतबार १९:३१ बजे

काठमाडौँ- भरतपुर महानगरपालिकालाई चीनको सिगात्से सिटीले १ करोड ७३ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । आइतबार महानगरमा कार्यक्रम गरी २ सय थान अक्सिजन सिलिण्डर, २० अक्सिजन कन्सट्रेटर, ईसीजी मेसिन ५ वटा, फेस सर्जिकल मास्क, एन नाइन्टी फाइभ ५० हजार थान, सर्जिकल ग्लोबस १० हजार र पीपीई सेट २७ सय थान वितरण भएको थियो ।

महानगरका प्रमुख रेणु दाहालले महानगरबासी र महानगरको तर्फबाट मित्र राष्ट्र चीन र समन्वय कर्ता सबैलाई धन्यवाद व्यक्त गरिन् ।


<p> 

 

 


Author

थप समाचार
x