समाज

नेपाली सेनाद्वारा गाँजा तस्कर पक्राउ

इकागज |
भदौ २९, २०७८ मंगलबार १६:४३ बजे

काठमाडौँ - राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाले विशेष सुराकीको आधारमा गाँजासहित तस्करलाई पक्राउ गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गणबाट निकुञ्‍ज प्रशासनका कर्मचारीसहित परिचालन भएको एलआरपी टोलीले विशेष सूचनाको आधारमा निकुञ्‍ज इलाकामा पक्राउ गरेका हुन् । 

निकुञ्‍जको कोर ईलाका भैँसे खोलामा अवैध रुपमा गाँजा लैजाँदै गरेको अवस्थामा हेटौडा उपमहानगरपालिका वडँ नं-३ हाँडीखोला २८ वर्षे बुद्धबहादुर व्लोन लामालाई सेनाले पक्राउ गरेको हो ।  पक्राउ परेका लामाबाट झण्डै एक सय चार किलाे गाँजा बरामत भएकाे र झोला तथा माेबाइल सेटसहित पर्सा राष्ट्रिय निकुञ्‍ज प्रशासनलाई बुझाएको छ । 


नेपाली सेनाले निकुञ्‍ज संरक्षणमा राष्ट्रसंघबाट समेत प्रशंसा पाउँदै आएको छ । नेपाली सेनाले वन्यजन्तुको संरक्षणसहित यस्ता अवैध कार्य गर्नेलाई पक्राउ गर्ने र निकुञ्ज प्रशासनलाई बुझाउने गर्दै आएको छ । हिमाली भेगका दुर्लभ जडिवुटीदेखि दुर्लभ वन्यजन्तुको संरक्षणमा समेत सेना परिचालित छन् । 


Author

थप समाचार
x