समाज

हिमालयन बैंकद्वारा वानेश्वर प्रहरीलाई दुई सेट कम्युटर हस्तान्तरण

इकागज |
असोज १, २०७८ शुक्रबार २१:४९ बजे

काठमाडौँ - हिमालयन बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरलाई दुई सेट कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रबार ती सामग्री हस्तान्तरण गरेको हो ।

प्रहरी वृत्त वानेश्वरका कर्मचारीलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी भई दैनिक प्रशासकीय कार्यमा ढिलासुस्ती भएको हुँदा सो कार्य सहजताका लागि बैंकले एक लाख १० हजार रूपैयाँ मूल्य बराबरको दुई सेट कम्प्युटर सहयोगस्वरूप हस्तान्तरण गरेको हो ।


बैंकका मुख्य प्रवन्धक समीर आचार्यले वृत्त प्रमुख, प्रहरी नायव उपरीक्षक (डीसपी) मीमबहादुर लामालाई एक समारोहबीच उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।


Author

थप समाचार
x