समाज

विराटनगरमा अवरण हुन नसकेपछि बुद्ध एयरको जहाज पुन: काठमाडौँ फर्कियो

बाबुराम भण्डारी |
असोज ११, २०७८ सोमबार १०:३३ बजे

फाइल फाेटाे

विराटनगर - विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकेपछि पुन: काठमाडौँ नै फर्किएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाण्डौतर्फ फर्किएको विराटनगर विमानस्थल प्रमुख उत्‍सव खरेलले जानकारी दिए ।

उनकाअनुसार दुई पटक प्रयास गर्दा पनि ल्याण्डिङ गियर नखुलेपछि जहाज पुन: काठमाडौँ फर्किएको हो । विराटनगरमा आपत्‌कालीन अवतरणको व्‍यवस्था नभएकोले काठमाडौँ नै फर्काउनु परेको उनले बताए ।



Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x