समाज

गण्डक प्रोजेक्टको स्टोरमा भएको आगलागी नियन्त्रण

इकागज |
असोज ११, २०७८ सोमबार १८:५९ बजे

फाइल तस्बिर

चितवन – नवलपरासी (पूर्व) मा रहेको गण्डक प्रोजेक्टको स्टोरमा आइतरबार भएको आगलागी नियन्त्रणमा आएको छ । विनय त्रिवेणी गाउँपालिका ७ स्थित प्रोजेक्टको स्टोरमा भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रण गरेका हुन् ।

आगलागीमा  करिब १ करोड ९२ लाख रूपैयाँ बराबरको मेशिनरी सामान जलेर नष्ट भएको बताइएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) विनय त्रिवेणीबाट टोली खटेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।



Author

थप समाचार
x