समाज

पाटनमा मनाइयो विश्व पर्यटन दिवस

इकागज |
असोज १२, २०७८ मंगलबार ६:५१ बजे

ललितपुर – पाटन दरबार क्षेत्रमा विश्व पर्यटन दिवस २०२१ मनाइएको छ । ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा पाटनका धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रचारप्रसारका लागि दीप प्रज्ज्वलनसहित साइकल ¥याली गरेर दिवस मनाइएको हो । 
    
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले पर्यटन क्षेत्रले कम लगानीमा नागरिकको चेतना वृद्धि गराउने उल्लेख गरे । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोभिडका कारण पर्यटन क्षेत्र खुम्चिन पुगेको बताए । महानगरपालिका सांस्कृतिक सम्पदा केन्द्रका प्रमुख सहजीत राईले मुलुकमा पटकपटक भित्रने रोग र भूकम्पका कारण पर्यटन क्षेत्रलाई धेरै असर पु¥याएको उल्लेख गरे । ‘यस क्षेत्रलाई मजबुत बनाउन सबै क्षेत्रबाट साझा पहलको जरुरी छ,’ उनले भने ।

संघका अध्यक्ष मनोजबहादुर न्याछोंले सो दिवसका सन्दर्भमा दरबार क्षेत्रबाट पाटनका धार्मिक मार्गहरू करिब ८० ले साइकल यात्रीले यात्रा गरी भव्यताका साथ मनाइएको जानकारी दिए । ‘कोरोना महामारीले भासिएको पर्यटन क्षेत्र विकासका लागि समयसापेक्ष आकर्षित योजना ल्याउन जरुरी छ,’ उनले भने ।


संघका कार्यसमिति सदस्य अपुलाल अवालेले पाटनमा आठौंदेखि १२ औं शताब्दीसम्मका मन्दिरहरू रहेका जानकारी गराउँदै नेपाल पर्यटन बोर्डले सोको प्रचारप्रसारमा लाग्नुपर्ने औंल्याए । पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्लेसमेत ३५ औं कला नगरी घोषणा गरिसकेको छ ।


Author

थप समाचार
x