मानब बेचबिखन आरोपी महिला २५ वर्षपछि पक्राउ
काठमाडौँ – मानव बेचबिखन अभियोग लागेकी एक महिला २५ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौं पेप्सीकोला बस्ने ४८ वर्षीय लक्ष्मी परियार रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।
४ असार ०५३ मा परियारले काठमाडौंबाट एक महिलालाई आकर्षक काममा लगाइदिने प्रलोभन दिएर भारत पु¥याई बेचबिखन गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले महिलालाई मुग्लिनसम्म ट्रकमा राखेर लगेको र त्यसपछि बसमा चढाएर काँकडभिट्टा नाका हुँदै भारत पु¥याएको प्रहरीको भनाइ छ ।
भारतमा नेपाली मुलका मान्छेले सञ्चालन गरेको कोठीमा परियारले ती महि३० हजार भारतीय रूपैयाँमा बिक्री गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । निज महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार थप अनसुन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया