अवैध रुपमा पटक भण्डारण गर्ने पक्राउ
काठमाडौँ – अवैध रुपमा पटकालगायतका सामग्री भण्डारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले विभिन्न समयमा उपत्यका बाहिरबाट गैरकानुनी रुपमा लुकाइ छुपाइ गरेर ल्याइएको २५ लाख मूल्य बराबरको पटका, भूइँचम्पालगायत आतसबाजीजन्य पदार्थसहित सर्लाही घर भई हाल काठमाडौं कागेश्वरी मनहरा–८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
गोप्य सूचनाका आधारमा प्रहरीले गोठाटारस्थित यादवको गोदाममा छापा मार्दा ठूलो परिमाणको विभिन्न प्रकारका पटाकाहरू बरामद गरेको महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।
उनले गोदामबाट गमला पटका २५ केजी, फ्लावरकोन पटाका ४२० केजी, चक्र पटाका १२० केजी , हाइड्रोबम पटका ३ कार्टुनलगायत बरामद गरिएको बताए । पक्राउ परेका व्यक्तिले काठमाडौंमा इट्टा ल्याउन ट्रकमा लुकाइ छुपाइ पटाका ल्याउने गरेको खुलेको पनि जानकारी दिए ।
पक्राउ परेको व्यक्तिलाई विष्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गतको मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया