समाज

गोवध आरोपी धरौटी तिरेर छुटे

इकागज |
असोज १८, २०७८ सोमबार २०:५६ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा गाई काटेको आरोपमा पक्राउ परेको १० जना मध्ये ९ जना ४० हजार रूपैयाँ धरौटी तिरेर छुटेका छन् । यस्तै एक जना नाबालक रहेकोले अभिभावको जिम्मा लगाएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । 

सोमबार न्यायाधीस कमल विष्टको एकल इजलासले पक्राउ परेको १० जनामध्ये ९ जनालाई जनरी ४० हजार रुपैयाँ धरौटी तिरेर रिहा गर्न आदेश जारी गरेको थियो । उनीहरूले जनही ४० हजार रूपैयाँ धरौटी बुझाएर छुटेकोे श्रेस्तेदार भट्टराईले बताए । ३ असोजमा प्रहरीले मकवानपुरको बकैयामा गाई काटेर मासु भाग लगाइरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको थियो । 



Author

थप समाचार
x