‘इच्छा छ र त बाँचिरहेछु’
पोखरा - पोलियोको खोप लगाउन उनी घर नजिक आयोजित स्वास्थ्य शिविरमा गए । खोप लगाउँदा डाक्टरले गल्ती गरे । अन्ततः ५ वर्षकै उमेरमा उनको दाहिने खुट्टा नै बांगियो, अहिले चल्दैन । बिहारका प्रमोद राम त्यसको ५ वर्षसम्म अस्पताल ओहोरदोहोर गरिरहनुपर्यो । बुबा काठमाडौंको एक गार्मेन्टमा काम गर्थे, बुबासँग काठमाडौं बसेर अस्पताल आउजाउ चलिह्यो ।
१० वर्षको उमेर पुगेपछि उनी फेरि बिहार फर्किए । नेपालको सिमानाबाट १ घन्टा पर उनको घर छ । बुबा, आमा र ३ भाइ भएको घरको आर्थिक अवस्था भने कहालीलाग्दो थियो । ‘पोलियोको खोप लगाउँदा खुट्टा नै बांगियो, घरमा पैसाको सधैं अभाव, पढ्न पनि पाएन,’ राम सम्झन्छन् ।
५ कक्षासम्म पढेपछि उनले विद्यालय छाडे । घरकै काममा व्यस्त भए । खुट्टा चलाउन गाह्रो पथ्र्यो, त्यही पनि काम गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । बिहारमै हुँदा आमासँग मिलेर खेत जान्थे । खुट्टाले दुख दिन्थ्यो, तर त्यो दुखका कारण उनी यत्तिकै बस्न पाएनन् । परिवारका ५ जनैले काम गर्दा पनि आधा वर्ष खान पुग्दैनथ्यो । अधिया लगाएर खाएको धानले १ वर्ष पुर्याउन खोजे ‘हात्तीको मुखमा जिरा’ हुन्थ्यो ।
कष्टकर बाल्यकाल र युवावस्था पछि उनी नेपाल आउने सोच बनाए । ५ वर्ष त नेपाल बसिसकेका थिए । तर नेपाल आएर के गर्ने ? गाउँकै एक जना दाइ पनि नेपालमा काम गर्न आएका थिए । उनले जुत्ता सिलाउने, झोला बनाउने काम गरेको रामले थाहा पाए ।
ती दाइ बिहार फर्किएका बेला रामले जुत्ता सिलाउने काम सिके । काम जानिसकेपछि उनलाई नेपाल आउन झन्झट भएन । नेपाल आउने बेला बिहे गरेर श्रीमतीलाई पनि यहीँ ल्याए । नेपाल त आए अब कहाँ जाने ? काठमाडौं बस्न मन थिएन, जहाँ उनले सम्भवतः जिन्दगीकै खराब समय गुजारे । पाँच वर्ष एउटै औषधी लिए, अनगिन्ती सुइ लगाए । र, काठमाडौंपछिको सबैभन्दा बढी चहलपहल हुने सहर पोखरा आए ।
जस्तै गाह्रो भएपनि पोखरा नै बस्छु भन्ने दृढताले उनलाई पोखरा नै राख्यो । लकडाउन भएपनि उनी दिनहुँ चोकमा गएर बस्न थाले । भन्छन्, ‘गरिब हुँ हजुर, काम नगरे पेट कसरी भर्ने ? पेटले कोरोना चिन्दैन ।’
पोखरा आएर उनले वडा नम्बर ५ स्थित धर्मस्थली आधारभूत विद्यालय पछाडिको घरमा डेरा लिए । जानेको त्यही एउटा पेसा थियोः जुत्ता सिलाउने । पोखरा आएको भोलिपल्टै पस्र्याङ चोकको प्रतिक्षालय आडमा जुत्ता सिलाउन बसे ।
अहिले ४ वर्ष भयो, राम अझै पनि त्यही चोकमै भेटिन्छन् । बिहान ७ नबज्दै राम त्यहाँ आएर आफ्नो छाता अड्याउँछन् । झोलाबाट सामानहरु छरेर राख्छन् । अनि कुर्छन्, ग्राहक । दिनमा २ हजारसम्मकै व्यापार हुन्छ । कहिले भने ५ सय कमाउन पनि धौ हुने उनको अनुभव छ । उनलाई जतिसक्दो धेरै कमाउनु छ, आफ्नै हातनङ्ग्रा खियाएर । खुट्टा अझै चल्दैन्, तर उनको सफलताको यात्रा रोकिएको छैन । ‘बाँच्ने इच्छा चाहिन्छ, बाँचुन्जेल मागेर खादिनँ, माग्नु परेको दिन मर्छु,’ उनी दृढ सुनिए ।
अहिले उनका २ छोरी पढ्न जाने भइसकेका छन् । २ छोरीको पढाइ खर्च जुटाउनुका साथै कोठा भाडा तिरेर, घर खर्च चलाउँदा पनि उनले कुनै महिना ५/७ हजार बचाउँछन् । बचेको पैसा घर बुबालाई पठाइदिन्छन् ।
दुई चरणमा लगाइएको लकडाउनले हरकोहीलाई प्रभाव पार्यो । उनी एक्लै कसरी अपवाद हुन सक्थे ? ६ महिना व्यापार शुन्य भयो । बिहार फर्किए । गाउँमै बसे, परिवारसँग । लकडाउन खुलेपछि भने पोखरा नै फर्किए । घरबेटीले ७ महिनाकै भाडा मागे । उनले दिन्नँ भन्न सकेनन् । ७ महिनाकै घरभाडा तिरिदिए ।
दोस्रो चरणको लकडाउनमा भने उनी बिहार फर्केनन् । जस्तै गाह्रो भएपनि पोखरा नै बस्छु भन्ने दृढताले उनलाई पोखरा नै राख्यो । लकडाउन भएपनि उनी दिनहुँ चोकमा गएर बस्न थाले । २/४ जना मान्छे आइरहन्थे । जसोतसो लकडाउन कटाए, अहिले फेरि उनको व्यापारले गति लिएको छ । कोरोना त्यति साह्रै फैलिंदा पनि सडकमै व्यवसाय गर्न डर लागेन ? भन्छन्, ‘गरिब हुँ हजुर, काम नगरे पेट कसरी भर्ने ? पेटले कोभिड चिन्दैन ।’
अब उनलाई जीवनभर पोखरा नै बस्न मन छ । उनको लागि घर पोखरा नै हो अब । बिहार फर्कन मन छैन । ‘मलाई नेपाल आफ्नै लाग्छ । जति बाँच्छु, पोखरा नै बस्छु । अब नेपाल नै मेरो घर हो,’ उनी सुनाउँछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया