समाज

नम्बर प्लेटमा जथाभावी गर्ने मोटरसाइकल ट्राफिक प्रहरीको कारबाहीमा

इकागज |
असोज २०, २०७८ बुधबार २१:३१ बजे

कारबाहीका लागि काठमाडौंस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखा परिसरमा राखिएका मोटरसाइकल । तस्बिर– महाशाखा

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले २ सय १९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । सरकारले तोकेको मापदण्डअनुसार नम्बर प्लेट नभएका ती मोटरसाइकलहरूलाई महाशाखाले नियन्त्रणमा लिएको हो ।

मापदण्डअनुसार नम्बर प्लेट नभएका मोटरसाइकलविरुद्ध  महाशाखाले चलाएको कारबाही अभियानका क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । नम्बर प्लेटमा नम्बर नलेखिएका १ सय ६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल पक्राउ गरिएको महाशाखाले जनाएको छ । 


सरकारले तोकेको ढाँचाअनुसार नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले पाँच सयदेखी एक हजार पाँचसय रूपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए ।


Author

थप समाचार
x