समाज

धनगढीमा थप १० जनामा कोभिड संक्रमण पुष्टि

इकागज |
असोज २६, २०७८ मंगलबार १६:३० बजे

फाइल फोटो

कैलाली - धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार १० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४० जनाको नमूना परिक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा ८ जना कोभिड संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ । यस्तै अस्पतालमा तीन जना बिरामी भर्ना भएका छन् । 


यस्तै अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका  २ का ४० बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
 


Author

थप समाचार
x