समाज

मूर्ति सेलाउन गएका युवकको पोखरीमा डुबेर मृत्यु

इकागज |
असोज ३१, २०७८ आइतबार १४:३४ बजे

जनकपुर : मुर्ति सेलाउन गएको क्रममा महोत्तरीमा एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका २ बस्ने १८ वर्षीय सुमितकुमार साह रहेका छन् ।

शनिबार दुर्गा माताको मुर्ति सेलाउन गएका उनी हिजैदिखी बेपत्ता रहेका थिए । हिजो अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले उनको खोजी गर्दा आइतबार बिहान ११ बजे पोखरीमा मृत अवस्थामा फेला परेका छन् । 


खोजी गर्दै जाँदा जलेश्वरकै भागेश्वर कुट्टीस्थित पोखरीमा दुर्गा माताको मुर्तिको तल दबिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमपछि थप कुरा बाहिरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिएका छन् ।
 


Author

थप समाचार
x