समाज

देशभरिमै डडेल्धुरामा धेरै वर्षा

इकागज |
कात्तिक १, २०७८ सोमबार १३:४८ बजे

कैलाली - डडेल्धुरामा पछिल्लो १२ घण्टामा देशभरीमै सबैभन्दा बढी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार डडेल्धुरामा पछिल्लो २४ घण्टामा १ सय १६ मिलिलिटर वर्षा भएको जनाएको छ ।

त्यस्तै डोटीमा ९५.३ मिलिलिटर र धनगढीमा ८०.१ मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन पूर्वानुमान महाशाखाले भनेको छ । यहाँका कर्णाली, महाकाली, रंगुन लगायतका नदिको जलस्तर बढेको भन्दै ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।



Author

थप समाचार
x