सुर्खेतमा घर भत्किदा एकको मृत्यु
सुर्खेत - सुर्खेतमा दुई दिनदेखि लगतारको वर्षाका कारण घर भत्किदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कालिकोट महावै गाउँपालिका –७ राम्निस्थित विष्णुलाल अधिकारीको घर भत्किँदा घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृतिको मृत्यु भएको हो ।
घर भत्किदा १५ वर्षीया ईनिशा अधिकारी घाइते भएकी छन् । वर्षापछि राम्नी गाउँका १५ घर उच्च जोखिम छन् ।
कर्णाली राजमार्ग अबरुद्ध
वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट शुभकालिका गाउँपालिका –१ को जितेगडामा दुई स्थानमा झरेको पहिरोले राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण मंगलबार बिहानदेखि सडक अबरुद्ध भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया