समाज

बझाङमा पहिरोमा परेर चार जनाको मृत्यु

इकागज |
कात्तिक ३, २०७८ बुधबार १४:८ बजे

कैलाली - लगातारको वर्षाका कारण बझाङ जिल्लामा ठुलो जनधनको क्षती भएको छ । जिल्लाको खप्तड छान्ना गाँउपालिकामा अविरल वर्षापछि पहिरोमा परेर चार जनाको ज्यान गएको छ । खप्तड छान्‍ना गाँउपालिका वडा नं. ३ माझिगाँउका धर्म रोकाया र उनकी पत्नी, त्यसैगरी वडा न. ५ कालुखेतीका विरु गिरी र उनकी पत्नी रहेकी छन् । 

लगातार परेको अविरल वर्षाका कारण घर बगाएपछि उनीहरुको पहिरोमा च्यापिएर मृत्यु भएको स्थानीयले जनाएका छन् । खप्तडछान्ना गाँउपालिका मा अझधेरै क्षती भएको हुनसक्ने र गाँउपालिकामा संञ्चारसेवा अवरुद्ध भएका कारण विवरण आउन नसकेको स्थानीय पर्पल रोकायाले बताए ।


यस्तै जिल्लामा बाढी र पहिरोका कारण ठूलो क्षती भएको छ । जिल्लाको थलारा गाँउपालिका वडा नं. ४ डिख्ला गाँउमा गाँउमाथीबाट पहिरो खस्दा २३ जना वेपत्ता रहेका छन् भने ७ घर पूर्णरुपमा पुरिएको जिल्लाप्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।  यस्तै जिल्लाभरी १७० परिवार विस्थापित भएका छन् । 

थलारा गाँउपालिका वडा नं. ४ डिख्ला गाँउमा पीडितहरुको उद्धारका लागी नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।  घटना घटेको ३० घण्टापछि मात्र औषधी र राहत लिएर नेपाली सेनाको हेलिकप्टर प्राभावित क्षेत्रमा आइपुगेको छ ।  अहिले प्रभावितहरूलाई राहत वितरण तथा बेपत्ता भएकाहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


Author

थप समाचार
x