अवरुद्ध महाकाली राजमार्ग खुल्यो, बाटोमा रोकिएका कानुन मन्त्री गोकुलेश्वर पुगे
बैतडी - महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्ड खुलेको छ । लगातारको अविरल बर्षासँगै आएको पहिरोले अवरुद्ध भएको राजमार्ग बुधबार दिउँसोदेखि खुलेको हो ।
सडक खुलेसँगै आवतजावत सहज भएको छ । वर्षाका कारण दोगडाकेदार गाउँपालिकाको चमतडी र ढिकगाडमा पहिरो गएको थियो । सडकमा पहिरो गएपछि बीचमाटो मै अलपत्र रहेका यात्रुहरू गन्तव्यतर्फ लागेका छन् ।
सडक अवरुद्ध हुँदा दार्चुला सदरमुकाम जान लागेका संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू बाटो मै रोकिएका थिए । सडक खुलेपछि मन्त्री बडू पनि गोकुलेश्वरतर्फ प्रस्थान गरेका छन् ।
अहिले मन्त्री बडू गोकुलेश्वरस्थित कार्यक्रममा सहभागी भएका छन् । मन्त्री बडू मंगलबार बिहानै दार्चुला पुग्ने भने पनि अझै पुग्न सकेका छैनन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया