४६ दिनपछि उठ्यो सीताको शव
बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारी पौड्यालको रहस्यमय मृत्यु भएको ४६ दिनपछि माइती पक्षले शव अन्त्येष्टि गर्न सहमति जनाएको छ । माइती पक्षले ११ लाखको चेक बुझेपछि सहमतिअनुसार बुधबार शवको अन्त्येष्टि गरिएको हो ।
गत भदौ २० गते बिहान सीता आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएकी थिइन् । त्यसपछि माइती पक्ष हत्या गरिएको भन्दै आन्दोलनरत थियो ।
यसबीचमा प्रहरीले अनुसन्धानमा सीताले आत्महत्या गरेको र सुसाइड नोटसमेत फेला पारेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, प्रहरीको प्रतिवेदन मिलेमतोमा ल्याइएको भन्दै माइती पक्ष झन आन्दोलित भएको थियो ।
मंगलबार भने तिलोत्तमा नगरपालिका–१७ गंगोलियास्थित मध्यस्थकर्ताको घरमा दुई पक्षबीच लिखित सम्झौता भएको थियो । सम्झौतामा सीताका भाइले भिनाजु (टीका पौडेल)लाई दिएको एक लाख रुपैयाँ सापटी र सीताको विवाह गर्दा लागेको खर्च बापत १० लाख गरि ११ लाख रुपैयाँ दिनुपर्ने भनियो ।
र, त्यहीँअनुसार सीताका श्रीमान पक्षले ११ लाख रुपैयाँको चेक बुझाएपछि मृतकको अन्त्येष्टि गर्ने सहमति बनेको थियो । सहमतिमा सापटी एक लाख र विवाह गर्दा लागेको खर्च १० लाख गरि ११ लाख रुपैयाँ बुझ्ने र आगामी दिनमा यस विषयमा कुनै आन्दोलन वा विवाद नझिक्नुपर्ने उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया