काठमाडौँमा न्यायको लडाई जितेर नेपालगञ्ज पुगेपछि लाग्यो नारा, ‘रुबी खान, जिन्दावाद’
काठमाडाैँ - बाँकेदेखि पैदल हिँडेर काठमाडौँमा दुई हप्ता कठोर आन्दोलनबाट सरकारले न्याय दिलाउने सुनिश्चितता गरेपछि नेपालगञ्ज फर्किएको रुबी खानसहितको टोलीलाई स्वागत गरिएको छ ।
बेलूकी नेपालगञ्ज पुगेको महिला अधिकारकर्मीसहितको टोलीलाई स्थानीय पीडित परिवारले स्वागत गरेका हुन् । उनीहरुले महिला अधिकारकर्मी रुबी खानसहितको टोलीलाई खुशीका साथ स्वागत गरेका हुन् ।
स्वागत गर्ने क्रममा पीडित परिवार र स्थानीयले महिला अधिकारकर्मी रुबी खानको प्रशंसा गरेका छन् । उनीहरुले स्वागत गर्दै, ‘रुबी खान, जिन्दावाद’ नारा समेत लगाएका छन् ।
बाँके जानकी गाउँपालिकाकी ननकुन्नी धोबीको रहस्यमय मृत्यु र बेपत्ता निर्मला कुर्मीका बारेमा स्थानीय प्रशासनले सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न बेवास्ता गरेपछि रुबी खानसहित १४ जनाको टोलीले काठमाडौँसम्म कठोर पैदल यात्रा र आन्दोलन गरेपछि सरकारले न्याय दिलाउने आश्वासन दिएको हो ।
यसका लागि गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ । टोलीले दिएको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया