समाज

रेड पाण्डाको छालासहित काठमाडौंबाट पाँच जना पक्राउ

इकागज |
कात्तिक ८, २०७८ सोमबार १७:३३ बजे

काठमाडौँ – दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंको चाबहिलमा अवैध रूपमा रेड पाण्डाको छाला बिक्रीका लागि राखिएको गाेप्य सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा काभ्रेका २६ वर्षिय युवक लामा, नुवाकोटका २१ वर्षिय रुपेश अधिकारी, संखुवासभाका २२ वर्षिय अरुण राई, सिन्धुपाल्चोकका २० वर्षिय सुभाष गिरी र रसुवाका २० वर्षिय दावा घले रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।    


चाबहिलस्थित सत्कार क्याफेबाट अन्दाजी ९० सेन्टिमिटर लम्बाइ र १५ सेन्टिमिटर चौडाइ आकारको उक्त छाला बिक्री गर्ने उद्देश्यले सो क्याफेमा गएका उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सोमबार जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जानकारी दिएको छ । उनीहरूका साथबाट रेड पाण्डाको  छालाका साथमा विभिन्न ब्राण्डका ६ थान मोबाइल पनि बरामद गरिएको महाशाखाले जनाएको छ ।


Author

थप समाचार
x