समाज

लुक्लामा प्रहरीको दुई तले भवन

इकागज |
कात्तिक १०, २०७८ बुधबार १७:१६ बजे

विराटनगर - सोलुखुम्बुको लुक्लामा दुई तले प्रहरी भवन निर्माण भएको छ । भवनको बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेका हुन् । इलाका प्रहरी कार्यालय लुक्लामा आवास गृहसहितको प्रहरी भवन निर्माण गरिएको थियो ।

भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताए । उनले प्रहरीका लागि भवन नै सबै कुरा नभए पनि कार्यरत प्रहरी कर्मचारीहरुलाई काम गर्न आवश्यक वातावरण तयार भएको बताए । सुविधायुक्त भवन तयार भएपछि प्रहरी पनि नयाँ सोच र धारणामा रुपान्तरण हुनुपर्ने उनले बताएका हुन् । 


महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई प्रशंसा पत्रसमेत प्रदान गरे । कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले सुविधायुक्त भौतिक पुर्वाधारका कारण प्रहरीले आगामी दिनमा नागरिकको सेवामा अझ प्रभावकारी ढंगले काम गर्न सक्ने बताए । 

इप्रका लुक्काको २ तले कार्यालय भवन तथा आवास गृह २ करोड ६६ लाख ३३ हजारको लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ । मुलुककै प्रमुख पर्यटकीय गन्तव्य सोलुखुम्बुको लुक्ला बजार क्षेत्र सगरमाथा प्रवेश गर्ने एकमात्र हवाइ मार्ग भएको पर्यटकीय बजार हो । 


Author

थप समाचार
x