कर्णाली प्रदेशमा सडक दुर्घटना बढ्दै
सुर्खेत – कर्णाली प्रदेशका मुख्य तथा सहायक सडक खण्डमा दुर्घटनाको दर बढ्दै गएको छ । सडक नियमन गर्ने ट्राफिक प्रहरीसँग पर्याप्त स्रोत साधन र जनशक्तिको अभाव हुँदा सडक दुर्घटना बढेको हो ।
प्रदेशमा दिनहुँजसो हुने सडक दुर्घटनामा मानवीय र भौतिक क्षति ठूलो हुने गरेको छ । जनशक्ति र स्रोत साधनको अभावमा सेवा प्रवाहमा समस्या हुने गरेको प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राकेश सिंह बताउँछन् ।
उनका अनुसार ट्राफिक प्रहरीमा दरबन्दी नै थोरै हुन्छ । ‘अहिले प्रदेश प्रहरी कार्यालयबाट केही संख्या काजमा ल्याएर धानिरहेको अवस्था छ,’ उनले भने । ट्राफिक प्रहरीसँग आवश्यक स्रोतसाधन पनि न्यून छ । बढ्दो सवारी साधनको संख्या र सडक दुर्घटनालाई मध्यनजर गर्दै जनशक्ति थप गर्न लागिएको उनले जानकारी दिए ।दसैं तिहारजस्ता मुख्य चाडपर्वको समयमा कर्णाली प्रदेशमा बढी मात्रामा सवारी दुर्घटना हुने गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया