हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । शुक्रबार हस्तान्तरण गरिएका २३ मध्ये १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर रहेका छन् ।
उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनीकरण एवम् नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको महाशाखले जनाएको छ । महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले मोटरसाइकल हराउनै नदिनको लागि सबैको सहयोग र हातेमालोको खाँचो रहेको र विशेषगरी सवारी धनी थप सजक एवम् जिम्मेवार हुनुपर्ने कुरामा जोड दिए ।
चालु आर्थिक वर्षमा हराएका ३ सय ८७ मोटरसाइकलमध्ये १ सय ७१ वटा मोटरसाइकल नियन्त्रणमा लिई १ सय ६८ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । मोटरसाइकल चोरीमा संलग्न १९ जनालाई चोरीका मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तहरूमा कारबाहीका लागि पठाइएकोसमेत महशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया