समाज

संघीय निजामति ऐन अगाडि बढ्छ : शिक्षामन्त्री पौडेल

इकागज |
कात्तिक १३, २०७८ शनिबार १५:४० बजे

पोखरा – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय निजामति ऐन अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । नेपाल कर्मचारी महासंघ गण्डकी प्रदेशस्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै उनले संसदमा अड्किएको उक्त ऐन अगाडि बढ्ने बताएका हुन् ।

‘लामो समय कसरतपछि बनेको संघीय निजामति ऐन विभिन्न कारणले संसदमा अड्किएको छ । यसबारे क्याबिनेटमा छलफल भएको छ । अब अगाडि बढ्छ,’ उनले भने । 


द्वन्द्वकालमा विस्तापित कर्मचारी र शिक्षाका विषयमा अहिलेको सरकारले सम्बोधन गर्नुपर्ने बताउँदै त्यसका लागि आफूले कुरा उठाइरहेको मन्त्री पौडेलले बताए  । ‘जनयुद्धमा लागेर विस्थापति भएका कर्मचारी र शिक्षकको पक्षमा सरकारसँग छलफल गरी समाधान गर्ने कुरा भएको छ,’ उनले भने । कार्यक्रममा माओवादी केन्द्र गण्डकी प्रदेशकी सहइन्चार्ज यशोधा सुवेदीले सघीय निजामति ऐन बनाए पनि संसदमा अड्किएकाले अब चाँडै अगाडि बढाइने बताइन् ।


Author

थप समाचार
x