समाज

मटिहानी नगरपालिकाका वडाध्यक्ष र कम्प्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
कात्तिक १४, २०७८ आइतबार १६:१७ बजे

काठमाडौँ – सेवाग्राहीसँग दश हजार रूपैयाँ घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष र सहायक कम्प्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । आयोगले महोत्तरी, मटिहानी नगरपालिका–५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर (करार) अ‍ैबुल राइनविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

महतोले जन्म दर्ता बनाउन आएका सेवाग्राहीसँग लाग्ने शुल्कको कुरा नगरी सिधै १० हजार रूपैयाँ घूस मागेको आयोगको दाबी छ । घूस रकम मोलमोलाई गरी आफ्नो पद, ओहोदा र अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने बदनियतपूर्ण मनसाय राखी घुस/रिसवत लिएको स–प्रमाण पुष्टि भएको जनाउँदै आयोगले सजायको माग दाबी गरेको हो ।


उता वडाध्यक्ष महतोलाई ‘सहयोग’ गरेका सहायक कम्प्युटर अपरेटर अ‍ैबुल राइनलाई वडाध्यक्ष बराबरकै अभियोग लगाएको छ । तिनले पनि बदनियतपूर्ण मनसाय राखेको आयोगको जिकिर छ । वडाध्यक्ष महतो र अपरेटर राइनलाई आयोगको बर्दिबासस्थित टोलीले यही असोज २४ मा घूससहित नियन्त्रणमा लिएको थियो । 


Author

थप समाचार
x