समाज

नेपाल-भारतमैत्री संघद्वारा बाढीपिडितलाई राहत वितरण

इकागज |
कात्तिक १५, २०७८ सोमबार १९:१२ बजे

धनगढी - नेपाल–भारतमैत्री संघ केन्द्रीय कार्यालयले कञ्चनपुरका बाढीपिडितलाई  राहत वितरण गरेको छ । असोज ३१ गतेदेखि ३ गतेसम्म परेको अविरल वर्षाले प्रभावित भएका १ सय ७४ परिवारलाई राहत प्रदान गरिएको संघका उपाध्यक्ष हरि शंकर ठाकुरले बताए ।

उनकाअनुसार बाढीले क्षति पुगेका घर परिवारलाई चामल, दाल, नून र तेल सहयोग गरिएको छ । बाढी प्रभावितहरूलाई राहत वितरणको लागि केन्द्रीय सहअध्यक्ष शैलेन्द्र मोहन झा, केन्द्रीय वरिष्ठ उपाध्यक्ष तुलबहादुर साउद, केन्द्रीय उपाध्यक्ष हरिशंकर ठाकुर, महासंघका सचिव बोधकृष्ण सुवेदी केन्द्रीय सदस्य जागृति बोगटी र कञ्चनपुर शाखाका अध्यक्ष दुर्गा बोहराको उपस्थिति रहेको थियो ।


संघले मंगलबार (भोलि) नै बाढी प्रभावित क्षेत्र टीकापुर ,बर्दिया र गुलरियामासमेत राहत वितरणको कार्यक्रम रहेको जनाएको छ ।


Author

थप समाचार
x