समाज

विद्यार्थी नेता अधिकारीको करेन्ट लागेर मृत्यु

इकागज |
कात्तिक २२, २०७८ सोमबार १५:५८ बजे

हेटौंडा – नेकपा एकीकृत समाजवादी पार्टी हेटौंडा उपमहानगरपालिकाका सचिव गिरिजा अधिकारीको करेन्ट लागेर मृत्यु भएको छ । उनको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पृष्टि गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१७ राजदेवीमा बाटो खन्ने क्रममा विद्युतको तार पन्छाउने क्रममा करेन्ट लागेपछि उपचारका लागि उनलाई हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा ल्याइएको थियो ।


सो अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । शव परीक्षण गरी दाहसंस्कारका लागि परिवारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए । अधिकारी नेकपा एसनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय कमिटी सदस्यसमेत हुन् ।


Author

थप समाचार
x