स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीद्वारा कार्यालयमा तालाबन्दी
ललितपुर – स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान परिषदमा आवद्ध कर्मचारीहरूले प्रतिष्ठानका कार्यकारी निर्देशकको राजीनामा माग्दै कार्यालयमा तालाबन्दी गरेका छन् । कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठको राजीनामा माग्दै कार्यकारी निर्देशकको कार्यकक्षमा सोमबार उनीहरूले तालाबन्दी गरेका हुन् । कर्मचारीहरूले राष्ट्रिय स्तरको तालिम केन्द्रमा कार्यरत कर्मचारीहरुको अवस्था, कर्मचारीको सम्मानजनक व्यवस्थापन, संस्थाको संस्थागत सुदृढीकरण नभएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् ।
उनीहरूले कार्यकारी निर्देशकलाई बारम्बार यस विषयमा अवगत गराए पनि चासो नदिएको आरोपसमेत लगाए । कर्मचारीहरूले २२ शूत्रीय माग राखेर कार्यकारी निर्देशकसँग छलफल गरे पनि माग सम्बोधन नभएको जनाएका छन् । कर्मचारीहरूले कार्यकारी निर्देशकले कर्मचारीको विश्वास गुमाइसकेकोले राजीनमा दिनुपर्ने माग राखेका छन् । उनीहरूले लिखित रूपमा कुशल नेतृत्व नदिँदासम्म अहिलेका कार्यकारी निर्देशकलाई कार्यकक्षमा पूर्णरूपमा प्रवेश गर्न नदिने अडान राखेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया