समाज

सोलुखुम्बुमा रक्तदान कार्यक्रम हुँदै

इकागज |
कात्तिक २४, २०७८ बुधबार १५:२४ बजे

फाइल तस्‍बिर

काठमाडौँ – हिमाली जिल्ला सोलुखुम्बुमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको हो । दुर्गम क्षेत्रका जनतालाई रक्तदानसम्बन्धी चेतना जगाउन ब्लड डोनेसन क्याम्पको आयोजना गर्न लागेको आयोजक संस्थाले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

विश्वमै अहिलेसम्मको सबैभन्दा उच्च स्थान सोलुखुम्बु जिल्लामा रक्तदान कार्यक्रम हुन लागेको आयोजक संस्थाको दाबी छ । उक्त कार्यक्रममा करिब १ सय पिन्ट रगत संकलन गर्ने उद्देश्य रहेको जनाइएको छ । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलका चार्टर अध्यक्ष अनिलरत्न तुलाधारले अस्पतालमा रगतको कमी हुन नदिन ब्लड डोनेसन टिम बनाएको बताए ।



Author

थप समाचार
x