स्थानीयको हत्यापछि ठप्प पूर्वपश्चिम राजमार्ग खुल्यो
कैलाली – अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुलेको छ। मंगलबार राति खुकुरी प्रहारबाट लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएपछि स्थानीबासीले ठप्प पारेको राजमार्गमा बुधबार बिहानदेखि सवारी साधन सञ्चालन सुरु भएको हो ।
हत्यामा संलग्न सबैलाई प्रहरीले पक्राउ गरी कारबाही र अनुसन्धानको प्रक्रिया सुरु गरेपछि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। सडक खुलेपछि बिहानैदेखि रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया