समाज

वीरगञ्जमा छठको हर्षोल्लास

इकागज |
कात्तिक २४, २०७८ बुधबार १९:४७ बजे

वीरगञ्ज – अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने समाजिक आस्थाको महापर्व छठको वीरगञ्जमा हर्षेल्लास छाएको छ ।धार्मिक आस्था, श्रद्धा एवम् विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट सूर्य उपासनाको पर्व छठ उल्लासमय छ ।

आस्था र सहअस्तित्वको पर्व छठको तेश्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट’ भन्ने गरिन्छ । मानव र प्रकृतिबीचको सम्बन्धलाई प्रत्येक वर्ष प्रगाढ बनाउँने महापर्व हो छठ । अघिल्लो वर्ष कोभिड संक्रमण त्रासका कारण मनाउन नपाएको छठ पर्व यस वर्ष उल्लासका साथ मनाउन लागिएको स्थानीयबासीले बताएका छन् । कोभिड महामारीलाई ध्यानमा राखेर यस वर्ष दसैं, तिहार र छठले खुसी ल्याएको उनीहरूको भनाइ छ । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि, सत्य, अहिंसा र चर्मरोग निको हुने जनविश्वासअनुरुप छठ मनाइन्छ । छठपर्व तराईको कृषि संस्कृतिमा आधारित छ । यस पर्वमा सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि सहभागी हुन्छन् ।


पहिलो दिन व्रतालुले ‘नहाए खाए’ अर्थात् नुहाएर खाने विधि पूरा गरी छठपर्वको शुभारम्भ गर्दछन् । दोस्रो दिन खर्ना मनाइन्छ । जस अन्तर्गत ब्रतालुहरूले दिनभरि उपवास बसेर राति खीर, पुरी कुलदेवता र सूर्य देवतालाई चढाई खानेकुरा खान्छन् ।

यस पर्वको तेस्रो दिन ब्रतालुले दिनभरि आ–आफ्नो घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याउ, अदुवा, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साझँपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । त्यस दिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्रम बसेर त्यसको भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व समापन गरिन्छ ।


Author

थप समाचार
x