समाज

धर्म संस्कृति जोड्न पशुपतिनाथदेखि काशीनाथसम्म‍ मोटरसाइकल र्‍याली

अतिन आचार्य |
कात्तिक २५, २०७८ बिहीबार ११:८ बजे

काठमाडौँ- पशुपतिनाथ मन्दिरदेखि भारतको काशीसम्म मोटरसाइकल र्‍याली सुरु भएको छ । भारतको  ७५औँ स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय दूतावासले बिहीबार काशीसम्म मोटरसाइकल र्‍यालीको आयोजना गरेको हो ।

काशीसम्मको र्‍यालीमा ५० वटा मोटरसाइकलमा तीन जना भारतीयसहित सबै नेपाली सहभागी छन् । पशुपतिदेखि काशीसम्मको एक हजार किमीको दूरी छ । छैठौ दिनमा मोटरसाइकल चालकहरू काठमाडौँ आउने छन् । भोलिसम्ममा काशी पुग्‍न सक्ने योजना रहेको र्‍यालीमा सहभागी मोटरसाइकल चालकले जानकारी दिएका छन् ।


र्‍यालीमा सहभागीलाई बिदाइ गर्न नागरिक संस्कृति पर्यटन तथा नागरिक उड्डयन  मन्त्री प्रेम आले र नेपालका लागि भारतीय राजदूत विनय क्‍वात्राले एक साथ बिदाइ गरेका थिए ।

मोटरसाइकल र्‍यालीले दुवै देशको धार्मिक र सभ्यताको पहिचान हुने राजदूत क्‍वात्राले बताए । 'एउटा पावन भूमिबाट अर्को पावन भूमिमा यात्रा हुनु भनेको दुवै भूमि पवित्र हुनु हो,' उनले भने,' धर्म र संस्कृतिले समाज र राष्‍ट्रलाई जोडने काम गर्छ । ' बाइक र्‍यालीमार्फत पावन भूमिलाई जोडने काम गर्छ भनेर कहिले पनि नसोचेको उनको भनाइ छ ।

नेपाल र भारतको धार्मिकस्थल खुला संग्रहालय रहेको मन्त्री आलेले बताए । 'दुवै मुलुकलाई भाषा, साहित्य र संस्कृतिले जोडने काम गरेको छ,' उनले भने । नेपाल र भारत जानका लागि पासपोर्ट र भिसा नचाहिने भएकाले छुट्टै सम्बन्ध रहेको उनले दाबी  गरे । धर्मले मानिसमा सदभाव सिकाउने उनले धारणा राखे । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x