खुकुरी प्रहार गरी युवकको हत्या आरोपमा आठ जना पक्राउ
कैलाली– कैलालीमा खुकुरी प्रहार गरी युवकको हत्यामा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट परिचालित विशेष टोलीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही स्थान बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह, २१ वर्षीय रोहित आले रहेको प्रहरीले जनाएको छ ।
मंगलबार राति करिब नौ बजे टिकापुरको सिद्धार्थ होटलनजिकै बस्ने २३ वर्षीय भुपेन्द्र बडुवाललाई उनीहरूले धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । सो सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी नायव उपरीक्ष प्रकाश सापकोटा नेतृत्वको टोलीले बडुवाललाई उपचारका लागि टिकापुर अस्पतालमा पठाइएकोमा उपचारको क्रममा साढे नौमा उनको मृत्यु भएको थियो ।
घटनास्थलबाट प्रहरीले सु.प.प्र. ०१००८ प ५५६५ नम्बरको कालो रङको होन्डा कम्पनीको स्कुटीसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका आठ जनामाथि थप अनुसन्धान भइरहेको र घटनाको कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया