ताप्लेजुङमा सात महिनाभित्र ५ सय ८४ सवारीलाई कारबाही
ताप्लेजुङ – ताप्लेजुङमा सात महिनाको अवधिमा ५ सय ८४ सवारी साधन कारबाहीमा परेका छन् । वैशाखदेखि कात्तिक तेस्रो सातासम्म सानादेखि ठूला सवारी साधन गरी उक्त संख्यामा कारबाही गर्दा चार लाख ५८ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई यातायात व्यवस्था ऐनअन्तर्गत कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । १ सय ३९ वटा ठूला सवारी साधन र ४ सय ४५ वटा साना सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मापसे गरी सवारी चलाउने ३५ चालकलाई कारबाही हुँदा ४० हजार रूपैयाँ राजस्व संकलन भएको छ । लापरबाही गरी सवारी चलाउने १ सय ६ जनाबाट एक लाख १० हजार रूपैयाँ राजस्व संकलन भएको ट्राफिक कार्यालयले जनाएको छ ।
अनुमतिपत्र नलिई सवारी साधन चलाउने १ सय ५५ जनालाई कारबाही गर्दा एक लाख ६० हजार रूपैयाँ राजस्व संकलन भएको छ । कागजात नलिई सवारी चलाउने २ सय ८८ जना चालकलाई कारबाहीमा गर्दा एक लाख ४८ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको ट्राफिक कार्यालय ताप्लेजुङले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया