समाज

लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

इकागज |
कात्तिक २९, २०७८ सोमबार २०:५१ बजे

मोरङ – विराटनगर महानगरपालिका १५ र १६ बाट सशस्त्र प्रहरीले सोमबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा बुङकोट ७ बस्ने २३ वर्षिय मनोज श्रेष्ठलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट १० पत्ता, एभिल २३ वटा र लुपीजेसिक ७७ वटा फेला पारेको हो । पक्राउ परेका श्रेष्ठलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।


यस्तै विराटनगर महानगपालिका १५ स्थित नम्बर २ ढापबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित झापा जिल्ला दमक नगरपालिका १ बस्ने २७ वर्षीय रोशन तामाङलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा एभिल ८ वटा, लुपिजेसिक ८ वटा, डाईजेपाम ८ वटा र फेनेरागन ८ वटा फेला पारेको हो । पक्राउ परेका तामाङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।


Author

थप समाचार
x