प्रदेश २ का पाँच स्थानीय तहमा क्यास प्लस कार्यक्रम
जनकपुरधाम -प्रदेश २ का पाँच स्थानीय तहमा क्यास प्लस इन्टरभेशन कार्यक्रम सञ्चालन गरिएको छ । कोभिड-१९ महामारीले प्रभावित विपन्न दलित परिवारको जीवनस्तर उकास्न सो कार्यक्रम सञ्चालन गरिएको हो ।
युनिसेफको सहयोग तथा लाइफ नेपाल जनकपुरको समन्वयमा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका, धनुषाका औरही गाउँपालिका, राजविराज नगरपालिका, दुर्गा भगवती नगरपालिका र राजगढ गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । ‘कोभिड– १९ ले प्रभावित उनीहरूको जीवनस्तर उकास्न यो कार्यक्रम सञ्चालन गरिएको हो,’ युनिसेफकी प्रतिनिधि अनिता दाहालले कार्यक्रमबारे शुक्रबार जानकारी दिँदै भनिन्, ‘उनीहरूको आर्थिक सहयोगका साथै पोषण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका सघाउने र सहयोग गर्ने कार्यक्रम रहेको छ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया