बेनीमा प्रथम जिल्लास्तरीय किशोरी सम्मेलन सम्पन्न
म्याग्दी - म्याग्दीको सदरमुकाम बेनीमा प्रथम जिल्लास्तरीय किशोरी सम्मेलन सम्पन्न भएको छ । गल्र्स फस्ट फन्डको सहयोग, धवलागिरि गाउँपालिकाको उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम र सामाजिक विकास कार्यालयको समन्वय तथा संगम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना भएको हो ।
सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेको छ ।सम्मेलनमा म्याग्दीका छवटै स्थानीय तहका २५ वटा विद्यालयमा गठन भएका किशोरी सञ्जालका ६१ जना प्रतिनिधिको सहभागिता थियो । किशोरीले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने विषयमा सम्मेलनमा छलफल भएको संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले जानकारी दिए ।
किशोर अवस्थामा विवाह गर्दा हुने असर तथा हानिका बारेमा समुदायस्तरमा सचेतना फैलाउने, २० वर्ष पुगेपछि मात्र विवाह गर्ने, २० वर्षभन्दा कम उमेरमा विवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई जानकारी गराउने र कानूनी कारबाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया