गृहमन्त्री खाणले भेटे रुपन्देही घटनाका घाइते
काठमाडौँ – शनिबार रुपन्देही घटनामा घाइते भएका शैलेन्द्र पन्तलाई गृहमन्त्री बालकृष्ण खाणले भेटेका छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पन्तलाई खाणले भेटेका हुन् । भेटका क्रममा उनले उपचाररत पन्तको स्वास्थ अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्यलाभको कामना गरे ।
‘म तपाईंकै मान्छे हो पार्टीभित्र कहिलेकाहिँ यस्तो हुन्छ अन्यथा नलिनु म हजुरसँग नै छु,’ खाणसँगको भेटमा पन्तले भने । पन्तको स्वास्थ्य अवस्था अहिले सामन्य रहेको चिकित्सकहरूले बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया